Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

कृष्णाष्टमी पारेर रातो टिकामा गगन थापाको महामन्त्रीमाउम्मेदवारी घोषणा

कृष्णाष्टमी पारेर रातो टिकामा गगन थापाको महामन्त्रीमाउम्मेदवारी घोषणा

  • भाद्र १४, २०७८ सोमवार
  • १५:४०:३४ बजे
  • 513
    SHARES
  • कृष्णाष्टमी पारेर रातो टिकामा गगन थापाको महामन्त्रीमाउम्मेदवारी घोषणा

    काठमाडौं, १४ भदौ । रातो टीका निधारमा अनि आफ्नै चुनावी क्षेत्र । नेपाली काँग्रेसका लोकप्रीय नेता गगन थापाले कृष्णाष्टमी पारेर १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    उनले काठमाडौं महानगरपालिका वडा नं ३० स्थित आफ्नै चुनावी क्षेत्र रोजेर उम्मेदवारी घोषणा गर्नुलाई सामान्य मानिएको छ । तर, कृष्णाष्टमीको दिन रातो टीका लगाएर उम्मेदवारी घोषणा गर्नु अर्थपूर्ण छ ।

    नेपाली काँग्रेसभित्र पछिल्लो समय हिन्दु सेन्टिमेन्ट जित्ने प्रतिष्पर्धा नै चलेको छ । यसबीच गगन थापाले पनि प्रतिष्पर्धामा आफूलाई उभ्याएका छन् ।

     

    यसअघि उपसभापति विमलेन्द्र निधिले हिन्दु शक्तिपीठका पूजारीहरुबाट आशिर्वाद लिएर सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । सभापति शेरबहादुर देउवाले पनि धार्मिक गतिविधिहरु बढाउन थालेका छन् ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि शक्तिपीठमा जान थालेका छन् । उनी दक्षिणकालीमा दर्शन गरेको तस्बिर सामाजिक सञ्जालमा केही महिना अघि राखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij