Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

गगन थापा नेतृत्वको कांग्रेस बैठकले गर्‍यो ६ महत्वपूर्ण निर्णय

गगन थापा नेतृत्वको कांग्रेस बैठकले गर्‍यो ६ महत्वपूर्ण निर्णय

  • माघ ३, २०८२ शनिवार
  • १६:३८:५२ बजे
  • 148
    SHARES
  • गगन थापा नेतृत्वको कांग्रेस बैठकले गर्‍यो ६ महत्वपूर्ण निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा महत्वपूर्ण निर्णय गरेको छ।

    शनिबार बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै यसलाई कसैको हार–जित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकासम्बन्धी निर्णयहरू गरेको हो।

    बैठकले पार्टी नेतृत्वमा लामो समय योगदान पुर्‍याएको भन्दै देउवालाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरेको छ।

    कांग्रेसले अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, संविधानको रक्षा गर्दै मूल्य–मान्यतामा आधारित राजनीति र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरिएको छ।

    बैठकले फागुन २१ गते हुने निर्वाचनमा पूर्ण एकता र नयाँ ऊर्जाका साथ सहभागी हुन सबै तहका समिति र भ्रातृ संस्थालाई आह्वान गरेको छ। विभिन्न कारणले निष्क्रिय वा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा जोडिन आग्रह पनि गरिएको छ।

    निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको बैठकले परिवर्तनका पक्षमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij