Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

नेतृ झाँक्री पक्राउ परेपछि गगन थापाले आक्रोश, ‘उहिले महाराजा अहिले राष्ट्रपति !’

नेतृ झाँक्री पक्राउ परेपछि गगन थापाले आक्रोश, ‘उहिले महाराजा अहिले राष्ट्रपति !’

  • माघ २९, २०७७ बिहिवार
  • १४:२१:०५ बजे
  • 884
    SHARES
  • नेतृ झाँक्री पक्राउ परेपछि गगन थापाले आक्रोश, ‘उहिले महाराजा अहिले राष्ट्रपति !’

    काठमाडौँ, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक कदमविरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले उक्त आरोप लगाउनुभएको हो ।

    राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ – कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !

    सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने उहाँले बताउनुभयो । ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले उल्लेख गर्नुभएको छ ।

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij