Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

डराऊने हैन कोरोनासंग !

सबैले आ-आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदाई गरौं - डा. बाबुराम भट्टराई

सबैले आ-आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदाई गरौं - डा. बाबुराम भट्टराई

  • बैशाख २७, २०७८ सोमवार
  • ००:०२:३२ बजे
  • 1.4K
    SHARES
  • सबैले आ-आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदाई गरौं - डा. बाबुराम भट्टराई

    जनता समाजवादी पार्टीका नेता बाबुरम भट्टराईले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन्।

    पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो। सो निर्णयपछि जसपाका सांसदहरुले ओलीलाई विश्वासको मत दिने वा नदिनेमा स्वविवेक प्रयोग गर्न पाएका छन्। सोही निर्णयलाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

    सामाजिक सञ्जालमा उनले भनेका छन् ‘सबैले आ आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’ भट्टराई र उपेन्द्र यादव पक्ष जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन्।

    ओलीले विश्वासको मत नपाएमा भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। सेतोपाटीबाट

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij