Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिन लागेका हो ? - बाबुराम भट्टराई

गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिन लागेका हो ? - बाबुराम भट्टराई

  • मंसिर ३०, २०७७ मंगलवार
  • २३:३३:२१ बजे
  • 547
    SHARES
  • गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिन लागेका हो ? - बाबुराम भट्टराई

    काठमाडौं, ३० मंसिर । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले प्रतिगमनको आधार तयार गर्न लागेको आशंका गर्नु भएको छ ।

    मंगलबार जारी भएको संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश सम्बन्धमा ट्वीटमार्फत भट्टराईले ठूलाे वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गर्न लागेको आशंका गर्नु भएको छ ।

    उहाँले भन्नु भएको छ- ‘त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?’ भन्दै प्रश्न गर्नु भएको छ । त्यस्तै उहाँले अर्को विनाशकारी अध्यादेश आउने र त्यो भन्दा अघि नै संसद अधिवेशन बोलाउन पनि माग गर्नु भएको छ । डा. भट्टराईले संवैधानिक आयोगलाई निम्छरोको संज्ञा दिनुभएको छ । अध्यादेशमा उल्लेख भएको बुँदा प्रति लक्षित गर्दै उहाँले अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् भन्ने पनि प्रश्न गर्नु भएको छ ।

    आज जारी भएको अध्यादेशमा प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितीमा संवैधानिक परिषद बैठक बस्न सक्ने उल्लेख छ । त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!।

    — Baburam Bhattarai (@brb1954) December 15, 2020

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij