Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

बैशाखमा चुनाव हुँदैन : डा. बाबुराम भट्टराई

बैशाखमा चुनाव हुँदैन : डा. बाबुराम भट्टराई

  • पौष ६, २०७७ सोमवार
  • १२:५४:४१ बजे
  • 1.0K
    SHARES
  • बैशाखमा चुनाव हुँदैन : डा. बाबुराम भट्टराई

    ६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले सो दाबी गरेका हुन् ।

    उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो ।’

    उनले संवैधानिक कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने बताएका छन् । बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईको भनाइ छ ।

    संगठित एकीकृत सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij