चुपचाप बढी रहेछ जिन्दगी,
कयौं चोट सहेँर
कयौं दुःख झेलेर,
कयौं –कयौं सपना टुटेको देखेर
नमस्कार छ जिन्दगी।
बुझ्न नै सकिन,
छुटेको ताल मिलाउने कोसिसमा
हारेको नृत्य पात्रजस्तै
चुपचाप नाचिरहेछ जिन्दगी।
कयौं घाउ छोपेर,
कयौं पिडा खपेर,
कयौं –कयौं सम्झौता टुटेको देखेर
धन्यवाद छ जिन्दगी।
तिम्रो तर्किब टुट्न नदिने सहमतिमा
बुझ्न नै सकिन,
हाराएको इच्छा पाउने कोसिसमा
मगन्ते आशे पात्र
चुपचाप मागी रहेछजिन्दगी
इन्साफ मागिरहेछ।।।