Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

“भंगुर देह, अमर अनुभूति”

“भंगुर देह, अमर अनुभूति”

  • माघ ३, २०८२ शनिवार
  • १०:०२:०९ बजे
  • 373
    SHARES
  • “भंगुर देह, अमर अनुभूति”

     

    शरीर भएर के गर्नु?

    त्यो शरीर, मुर्छित घरिघरि,

    ज्यान भएर के गर्नु?

    त्यो ज्यान, नभए कै सरी।

    हाँसेको त सबैले देख्छन्

    रोदन र चीत्कार,

    मुर्छित आत्मा अनायस ढल्छ

    ब्युँझिएर अनायस

    पुनः शरीर बन्नु पर्छ

    खेद छैन,

    नियतिलाई खेप्नुपर्छ।

    जिन्दगी सबैको उस्तै हो

    मरी मरी बाँच्नु पर्छ,

    मरेर फर्कने कोहि छैन

    मर्ने अनुभूति सबैको हुनु पर्छ।

    मर्नु र जिन्दगी रहनुको वास्तविकता

    मैले, तिमीले, उसले

    अनि, सबैले खपेकै हुनुपर्छ ।


    केनुरा गुरुङ्ग

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij