तिम्रो आँसु धेरै अमुल्य छ
मोतिका दाना झै बहुमुल्य छ
फेरि पनि म किन बिझाइरहेछु
तिम्रो मन किन दुखाइरहेछु।
म जिउन सक्दिन तिमी बिना
म हास्न सक्दिन तिमी बिना
फेरि पनि म पागल किन
यो शुन्यता भित्र हराउछु किन।।
बुझिन, बुझाउन सकिन
एक पलको खुशी तिमिलाइ दिन सकिन
सोचेथे मेरो जिवनका तिमी हर प्रहरमा
बाचेको छु आज लास सरि तिम्रो सहरमा।।।