Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

दोहोरी गायक चिज गुरुङ र भिमु गुरुङ तमुधिं यूकेको ल्होछार कार्यक्रममा बेलायत जादै

दोहोरी गायक चिज गुरुङ र भिमु गुरुङ तमुधिं यूकेको ल्होछार कार्यक्रममा बेलायत जादै

  • मंसिर ७, २०७९ बुधवार
  • १५:०४:५५ बजे
  • 5.2K
    SHARES
  • दोहोरी गायक  चिज गुरुङ र भिमु गुरुङ  तमुधिं यूकेको ल्होछार कार्यक्रममा  बेलायत जादै

     तमूधिं यूकेले आयोजना गर्ने ल्होछार कार्यक्रमका लागि ख्यातिप्राप्त लोक तथा दोहोरी गीतका कलाकारहरु चिज गुरुङ र भिमु गुरुङ बेलायत आउने पक्का भएको छ । 

    २०२२ डिसेम्बर ३१ तारिखमा हुने ल्होछार/ल्होसार कार्यक्रमका लागि चर्चित गायक चिज र गायिका भिमु बेलायत आउने भिसा लागिसकेको तमुधिं यूकेले जनाएको छ । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि हुने छ । तमुधिं यूकेले हरेक वर्ष नेपालबाट कलाकारहरु डाकेर ल्होछार कार्यक्रम भव्य रुपमा मनाउने गरेको छ ।

    गत वर्ष गायिका पवित्रा गुरुङले तमुधिंको ल्होछार कार्यक्रममा सांगीतिक प्रस्तुति दिएकी थिइन् । यस वर्ष ल्होछार कार्यक्रमका लागि उपाध्यक्ष जुमकाजी गुरुङ संयोजक छन् । उनले कार्यक्रमको तयारी तीव्र रुपमा चलिरहेको बताएका छन् । 

    ल्होछारका दिन बर्सेनि प्रकाशन हुने फ्रेंसी पत्रिका विमोचन, 'डा हर्क अवार्ड २०२२' वितरण, विभिन्न समुदायमा योगदान दिने व्यक्तिहरुलाई सम्मान, राफल ड्र, राष्ट्रिय र स्थानीय कलाकारको नृत्य, गायनजस्त विविध प्रस्तुति हुने तमुधिंले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij