दोहोरी च्याम्पियन हुदै सारंगी संसारमा लन्ठु दोहोरी बाट आम नेपालीको मन जितेका लोकप्रिय गायक चिज गुरुङको जीवनमा धेरै पिडा रहेको छ।
बाहिर हाँसेर भए पनि भित्री रुपमा रोइरहने चिजको जीवन कहानी निकै कहालीलाग्दो छ।उनि आफु निकै पिडामा हुदा पनि अरुलाई कहानी बाहिर ल्याएर सुनाउदैनन तर आज उनले आफ्नो दुखको पलहरु बाहिर ल्याएका छन।
सानै उमेरमा आफ्नो परिवारको मुख्य सदस्य आमालाई गुमाउनु पर्दाको पिडा सम्झेर उनि अन्तरबार्तामै भक्कानीन पुगे। आमाले अकालमै ज्यान गुमाए संगै उनले आमालाई सम्झेर हरेक पटक रुने गर्ने पिडा सुनाए।
दोहोरी च्याम्पियन जस्तो उत्कृष्ट कार्यक्रममा आफु आउदा समेत आमालाई खुसि व्यक्त गर्न नपाउदा को पिडा व्यक्त गरे।