पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच दोहोरी गाएर भाईरल भएका गोरखाली चर्चिच गायक चिज गुरुङ र चिजा तामाङको गोर्खाली ठाडो भाका सार्वजनिक भएको छ ।
पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका चिजा गुरुङ र गायक चिज गुरुङ आवाजमा रहेको उक्त गितमा गित चिज र चिजाकै उत्कृष्ट शब्द सृर्जना एवम् गायक चिज गुरुङ संगित रचना रहेको छ । गितमा लोप हुन लाएको पुरानो गोरखाली भाडो भाकालाई प्रस्तुत गरिएको छ ।
दिप गुरुङको निर्देशन एवम् मेक ब. थापाको छांयाकनमा तयार पारिएको गितको म्युजिक भिडियोमा गायक गायिका स्वयम् चिज र चिजाको अभिनय रहेका छ ।
उक्त गितको म्युजिक भिडियो Chija Tamang को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । यो न्युज तयार पार्दा सम्म गीत युटुव ट्रेनिगको 16 ऒं स्थानमै छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :