हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गएको सन्दर्भमा तीज गीतका भिडियो सार्बजनिक हुने क्रम बढ्दो क्रममा रहेको छ । यसैबीच अहिले अकलादेबी न्युजिक प्रा.लि को प्रस्तुतिमा यज्ञ सापकोटाको पारिवारीक मौलिक तीज गीत घर झगडा भाग ५ सार्बजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।
गीतमा टंक डुम्रेको शब्द, यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक पशुपती शर्मा, यज्ञ सापकोटा, गायिका देवी घर्ती मगर, मिना कार्की, सितल कल्पनाको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ/मास्टरिङ र कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।
मदन खड्काको कथा/निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, पबित्र काफ्ले, सरस्वती फुयालको अभिनय देख्न सकिन्छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् ।