Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

पुजा देवकोटा  र यज्ञ सापकोटाको आवाजमा मौलिक तीज गीत 'बांसैको चोया' बजारमा (भिडियो सहित)

पुजा देवकोटा  र यज्ञ सापकोटाको आवाजमा मौलिक तीज गीत 'बांसैको चोया' बजारमा (भिडियो सहित)

  • आषाढ २८, २०७९ मंगलवार
  • ११:२०:५४ बजे
  • 485
    SHARES
  • पुजा देवकोटा  र यज्ञ सापकोटाको आवाजमा मौलिक तीज गीत 'बांसैको चोया' बजारमा (भिडियो सहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच तीज नजिकिदै जाँदा यसको रमझम र गीत सार्वजनिक हुने क्रम पनि शुरु भएको छ ।  पुराना भाकाहरुलाई टपक्क टिपेर नया शैली र नयाँ आवाजलाई स्थान दिएर अहिले गीतहरु निकाल्ने क्रम बढ्दो छ ।

    तर पुरानै पाराको पुरानो शैली मा अहिलेको चर्चित बाल गायिका मिठो स्वर कि धनी पुजा देवकोटा तीज गीत बांसैको चोया ,जसमा साथ दिएका छन् यज्ञ सापकोटाले भने चर्चित  रचनाकार तथा संगीतकार शिव सुबेदीको लय शब्द रहेको  छ ।

    देवकोटाको तीज गीत सुन्न लालायित स्रोता दर्शकका लागि पनि प्रतिक्षाको बिषय रहेकोले अब त्यो प्रतिक्षा मेटिएको देखिन्छ।  पुजा देवकोटा  र  यज्ञ सापकोटाको स्वर रहेको गीत निकै राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देसक मदन खड्का बताउछन् ।

    सो तीज गीतमा चर्चित चकलेटी नायिका सगुन शाही, बेबो आचार्य तथा मोडल सुरज पन्थको अभिनय रहेको छ, क्यामेरामा बिरेन्द्र भट्ट र  सम्पादनमा सुजन कोइराला को भूमिका रहेको छ ।

    गितलाई Akala Devi Music अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

     यो पनीः

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij