Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

पशुपती शर्मा र सुशिला गौतमको तीज बिशेष गीत “एक नजर लाईदेउन माया” सार्वजनिक

पशुपती शर्मा र सुशिला गौतमको तीज बिशेष गीत “एक नजर लाईदेउन माया” सार्वजनिक

  • भाद्र ४, २०८० सोमवार
  • १०:४८:०२ बजे
  • 190
    SHARES
  • पशुपती शर्मा र सुशिला गौतमको तीज बिशेष गीत “एक नजर लाईदेउन माया” सार्वजनिक

    काठमाडौं । लोकदोहोरी गायिका सुशिला गौतमले ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीतको भिडियो ल्याएकी छन् । मंगलबार गायिका गौतमले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

    उनलाई गायक पशुपति शर्माले आवाजमा साथ दिएका छन् । गीतको शब्द गायिका गौतम आफैले रचना गरेकी हुन् भने गायक शर्माले संगीत भरेका छन् । त्यसैगरी विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा खडक बाजुरालीले मिक्सिङ गरेका छन् ।

    मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गोविन्द बाजुराली र सागर बाजुरालीले रेकर्ड गरेका हुन् भने राजेन्द्र बाजुरालीले स्वर सम्पादन गरेका छन् । त्यस्तै, गीतको भिडियोलाई स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् ।

    करन चैसिरले छायाँकन गरेको उक्त गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । त्यसैगरी गायिका सुशिला र गायक पशुपतिले नै गीतको भिडियोमा अभिनय गरेका छन् । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालीका तीजकाे छेको पारेर गीतको भिडियो बजारमा ल्याएको गायिका गौतमले बताइन् ।

    गायिका गौतमले विगतमा जस्तै यस गीतले पनि आम दर्शक स्रोताहरुको माया पाउनेमा आशा व्यक्त गरिन् । उनले आफ्नो र गायक शर्माको तीज गीतमा यो दोस्रो सहकार्य भएको सुनाउँदै ६ वर्षअघिको तीजमा आफू र गायक पशुपतिले ‘जवानीले ढुनुमुनु बनायो’ बोलको गीत ल्याएको बताइन् । त्यस्तै, गायिका गौतमले ‘भुइँ छोडेकी चरीलाई,’ ‘लेउ लायो’ लगायतका तीज गीतले चर्चा पाइसकेको जिकिर गरिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij