Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

वर्तमान समय संविधान मान्ने र नमान्ने विचको लडाँई हो : डा. दिनेश चन्द्र देवकोटा

वर्तमान समय संविधान मान्ने र नमान्ने विचको लडाँई हो : डा. दिनेश चन्द्र देवकोटा

  • माघ ७, २०७७ बुधवार
  • १०:२४:५६ बजे
  • 712
    SHARES
  • वर्तमान समय संविधान मान्ने र नमान्ने विचको लडाँई हो : डा. दिनेश चन्द्र देवकोटा

    माघ ०५, पालुङटार । नेपाल बुद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष डा. दिनेश चन्द्र देबकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले आयोजना गरेको बिरोध प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनु भएको हो ।

    सोहि अवसरमा उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको समय विपन्न र सहिद परिवारको पक्षमा उभिने र घुस खोरीहरुको पक्षमा उभिनेहरु बिचको लडाँई भएको बताउनुभएको छ ।

    बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघठनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी बिरोध कार्यक्रम आयोजना गरेको भन्दै उहाँले प्रतिगमनका विरुद्ध सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।IMG20210118140112-1024x768.jpg

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनुभएका डा. देवकोटाले बर्तमान सरकारले गरेको संविधानको कु. का बिरुद्ध आफुले नेतृत्व गरेको बुद्धिजिवी संगठन, नेपाली कांग्रसको बुद्धिजिवी संगठन, जनता समाजवादी पार्टीको बुद्धिजिवी संगठनले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु तय गरेर अघि बढ्ने सहमती गरिसकेको बताउनुभएको छ ।

    संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनीधि सभा विघठन गर्ने अधिकार नभएको भन्दै उहाँले प्रधानमन्त्रीको यो कदम संविधान माथीको कु. भएकोले अदालतले प्रतिनीधि सभा पुर्नगठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्यहरु खोप बहादुर कडेल, जुद्ध विलास भण्डारी, हरि काफ्ले जिल्ला कमिटी सदस्य बिकास वाग्ले, नगर कमिटी सदस्य आशिष देबकोटा लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिब अमृत काराखेतीले गर्नुभएको थियो ।

    पालुङटार नगरपालिका वडा नं. ५ को माझटारबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न चोक परिक्रमा गरि समिचौतारामा आएर कोणसभामा परिणत भएको थियो । फाईल/तस्विर : सुनौलो खबर

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij