Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

चर्चित गायक बिष्णु खत्रीको ल्याए पन्चेबाजा गीत (भिडियोसहित)

चर्चित गायक बिष्णु खत्रीको ल्याए पन्चेबाजा गीत (भिडियोसहित)

  • कार्तिक २८, २०७८ आइतवार
  • १९:३५:३५ बजे
  • 1.0K
    SHARES
  • चर्चित गायक बिष्णु खत्रीको ल्याए पन्चेबाजा गीत (भिडियोसहित)

    काठमाडौं – धौलागिरी मा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल लोकप्रिय गायक तथा सफल सर्जक बिस्णु खत्रीको नयाँ गीत धौलागिरीको भर्खर मात्र सार्वजनिक भएको छ ।

    मौलिक, समधुर लय साथै शब्द सिर्जना गर्न खप्पिस गायक खत्रीको पछिल्लो पन्चेबाजाको गित धौलागिरीमा समेत उत्कृष्ट शब्द र लय सृजना गरिएको छ । यसअगाडि नै एक दर्जनभन्दा धेरै चर्चित पञ्चेबाजाका गितहरु सार्वजनिक गरिसकेका स्त्रीको यो गीतलाई पनि दर्शक श्रोताले अत्यधिक माया गर्ने अनुमान गर्न सकिन्छ । बिष्णु खत्री स्वयम् लय तथा शब्द सिर्जना रहेको गीतमा उनलाई आवाजमा गायीका जुना श्रीष मगरले साथ दिएकी छन् ।

    गीतले दुई युवा युवती जीवनीको कथालाई विषय बनाएको छ । निकै मौलिक सो पञ्चेबाजाको गीतलाई उत्कृष्ट भिडियो सहित सर्वोत्कृष्ट बनाइएको छ । कुलबिर थापा र सिर्जना क्षेत्रीको अभिनय रहेको गीतमा हस्त जिसी र विष्णु खत्रीले निर्देशन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # विष्णु खत्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij