पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा किसानी दाईको हलो र जुवा,बेशी खोला खेत जस्ता कालजयी बर्खे गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया बर्खे गीत ’बर्खा’ बजारमा आएको पनी एक बर्ष भयो ।
बिष्णु खत्रीको सृजना आउनु अगाडिनै बेग्लै चर्चा हुने गर्छ सांगीतिक बजारमा माहोल तात्छ उनको सृजना बजारमा आउदा ! पछिल्लो समय असारे भाकाहरु बजारमा आउननै छाडेको परिवेसमा पनि बिष्णु खत्रीले फेरी एक पटक आम लोक गीत संगीत प्रेमी मनहरुको प्यासलाइ तिर्खा मेटाउने कोसिस गरेका छन।
नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत लामो समय देखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीको यो सृजनाले १ वर्षमै राम्रो सफलता समेत पाएको छ । अब त बर्खा सुरु भयो फेरी बजार तताउनेमा दुईमत छैन। गीतमा बिष्णु खत्री र जुना श्रीषले आवाज दिएका छन।बिष्णु खत्रीको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय पनि बिष्णु खत्री आफैले आफ्नै गाउँमा दृश्य निर्माण गरेका छन ।
खत्रीलाई महिला मोडलमा अप्सना थापाले साथ् दिएकी छिन।शिबन पोख्रेलको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको उक्त गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा भएको थियो।
एक पटक सम्मान स्वरूप यो गीत हेरौ र सेयर गरौ : फेरी यो वर्षपनी फेरी सफलता पाउने छ भन्ने आसा राखौ ।
भिडियो हेर्नुहोस् :
यो पनि पढ्नुहोस् : यि नेपाली चेली जो बनिन् बेलायतको सफल वकिल, सम्मानस्वरुप सेयर गरौ !
नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्।
हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्।
१० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्। रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्।
डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन्। बेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्।
सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन्। छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ।
दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ ।
आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु।’नारी खबर
यो पनि पढ्नुहोस् : लोकप्रिय गायक पुश्कल शर्मा र रचना रिमालको पहिलो गित 'के दिऊ मायालाई चिनो' चौतर्फि रुचाईयो (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाऊन सफल, वियोगान्त गित संगितका धरोहर, लोकप्रिय गायक, गितकार, संगितकार, निर्देशक, मोडेल, समाजसेवी, सहयोगी भावनाका धनि, सबैसंग सम्मान व्यवहार गर्ने, कसैको आखामा राख्दा पनि नविझाऊने लोकप्रिय व्यक्तित्व पुश्कल शर्माको बहु-प्रतिक्षित गित 'के दिऊ मायालाई चिनो' केहि दिन अघि सार्वजनिक भएको थियो ।
गितमा लोकप्रिय गायक पुश्कल शर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर आवाज सजिएको छ । पुश्कल शर्माकै उत्कृष्ट लय शब्द रचना रहेको गितमा कृष्ण विक 'भान्जा'को संगित संयोजन रहेको छ । मायालाई चिनो दिने कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।
गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार अन्जलि अधिकारी संगै पुश्कल शर्माकै अभिनय एवम् फिचर रहेको छ भने साथसाथै सवि शर्मा, अनुपा अधिकारी, समिक्षा पोखरेलको पनि अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ |
समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट अनि फरक वनेको छ, भिडियोमा शर्माले निकै फरक फरक लुक्समा आफुलाई दर्शाएका छन् | गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ ।
मन्दिर म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गितको अफिसियल म्युजिक भिडियो पुश्कल शर्माकै अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ । उक्त गितको प्रतिक्षामा शर्माका धेरै फ्यानहरु, शुभचिन्तकहरु रहेका थिए , भने गित छोटो समयमै अत्यन्तै लोकप्रिय वनेको छ , चौतर्फी सकारात्म प्रतिकृया प्राप्त गित यति वेला युटुवमा अत्यन्तै रुचाईएको छ |
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामनासहित भिडियो हेर्नुहोस् ।
यो पनि पढ्नुहोस् : दोहोरी चाम्पियनकि रिता राउतको पहिलो गीत रेकर्ड हुदा खुसीले छमछमी नाचिन स्टुडियोमै, सबिनले झन मिठो गाए (तुरुन्तै हेर्नुहोस् भिडियो)
काठमाडौं : दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्हक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।
उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ । रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।
पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।
रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् । दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।
त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।
अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् । अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।
गायिक बन्ने सपना लगभक पूरा भयो । किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री :
यो पनि पढ्नुहोस् : आजको कोरोना ताजा अपडेट : लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी, हेर्नुहोस् भिडियो !
काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन ।
२० हजार ४१८ जनाको पिसिआर र ५७८ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित छन ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृ'त्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै हाल सम्म मृ'त्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६/६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।
बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८/८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।