Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायक बिष्णु खत्री र गायिका मिना लामाको 'मुटुको धुकधुकी' चौतर्फि चर्चामा (भिडियो)

लोकप्रिय गायक बिष्णु खत्री र गायिका मिना लामाको 'मुटुको धुकधुकी' चौतर्फि चर्चामा (भिडियो)

  • फाल्गुण १५, २०७७ शनिवार
  • ०९:४०:५३ बजे
  • 1.3K
    SHARES
  • लोकप्रिय गायक बिष्णु खत्री र गायिका मिना लामाको 'मुटुको धुकधुकी' चौतर्फि चर्चामा (भिडियो)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगेतिक क्षेत्रमा एक चर्चितक गायक हुन बिष्णु खत्री “भरीया दाई ले बिसाउनी भारी” जस्ता चर्चित गीत गायर दर्शक को मन मुटुमा बस्न सफल भएका गायक खत्रीको नयाँ गीत भखरै मात्रै नेपाली सांगेतिक बजारमा सार्वजनिक भएको छ।

    “अँधेरीमा उज्यालो टुकी” नामक गीत बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी गायिका मिना लामा र बिष्णु खत्रीको आवाज रहेको गीत निकै उत्कृष्ट बनेको छ ।

    केहि समय अघी खत्री र लामाको “झरनाको पानि” नामक गीत पनी निकै चर्चामा रहेको थियो उनै गायक गायिको जोडिले फेरी बजारमा तहल्का पिट्ने खालको गीत लिएर आएका छन ।

    बिष्णु खत्रीको आफ्नै लय शब्द मा तयार भएको म्युजिक भिडियो लाई होम गुरुङले निर्देशन गरेका छन । दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा लोमस शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ। नबिन घर्तीले म्युजिक भिडियोको सम्पादक गरेका छन ।

    गीत बिष्णु खत्रीको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भएको छ। गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij