नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनय रहेको ‘धर्ती आकाश’ म्युजिक भिडियो सार्वजनिक भएको ४१ घन्टामा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको छ ।
दुर्गा खरेल र रोशन अधिकारीको स्वर रहेको उक्त गीतमा अर्जुन पोख्रेलको शब्द रचना र संगीत रहेको छ । त्यस्तै गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
दर्शकले निकै रुचाएको जोडी पूजा र आकाश फिचर्ड रहेको यो गीत र यसको भिडियोले निकै प्रशंसा बटुलिरहेको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् ।