काठमाडौँ । नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा अभिनित 'तस्बिर २ - ओ ! प्रिया ' म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा स्वर प्रतिभाशाली गायिका निशा कंडेल र युवा गायक अमन प्रधानको रहेको छ। गीतमा शब्द बिष्णुबाबु देवकोटाको छ भने संगीत टिका दहालको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल 'निशा कंडेल' मार्फत सार्वजनिक गरिएको हो।
निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।