Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

हिन्दुस्तान टाइम्सको दाबी : चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय छ

हिन्दुस्तान टाइम्सको दाबी : चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय छ

  • पौष १९, २०७७ आइतवार
  • ०९:२१:०७ बजे
  • 465
    SHARES
  • हिन्दुस्तान टाइम्सको दाबी : चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय छ

    १९ पुस, काठमाडौं । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ ।

    सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ ।

    उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

    नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ । यो खवर आजको अनलाईन खवरमा छ !

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij