Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गोर्खाली चर्चित गायक हरिराम परियारको मौलिक सालैजो गित 'चोखो माया' सार्वजनिक (भिडियो)

गोर्खाली चर्चित गायक हरिराम परियारको मौलिक सालैजो गित 'चोखो माया' सार्वजनिक (भिडियो)

  • फाल्गुण २२, २०७७ शनिवार
  • १३:२७:०४ बजे
  • 998
    SHARES
  • गोर्खाली चर्चित गायक हरिराम परियारको मौलिक सालैजो गित 'चोखो माया' सार्वजनिक (भिडियो)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गोरखाली गायक हरिराम परियारको निकै प्रतिक्षित मौलिक सालैजो गित "चोखो माया" गितको अफिसियल म्युजिक भिडियो छिट्टै रिलिज गर्ने तयारी गरिएको छ ।

    फलानो क्रियसनको प्रस्तुतिमा रहेको गितको अफिसियल म्युजिक भिडियो Hom Gurung को युटुव च्यानलबाट रिलिज भएको छ ।

    गोरखा जिल्ला जन्मभुमि भई काठमाडौं कर्मथलो वनाई आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका गायक परियारका पछिल्लो समयमा केहि गितहरु लोकप्रिय भएका छन् , चर्चाको शिखरमा छन् । पछिल्लो समय उनको सांगितिक चर्चा दिनहु बढ्दो क्रममा छ भने उनको लोकप्रियता पनि उतिकै वढिरहेको छ ।

    त्यस्तै गरि गायिका विनिता गुरुङ पनि एक चर्चित अनि लोकप्रिय गायिका हुन, उनको स्वरको फ्यानहरु धेरै छन् । 'गोरखा मनकामना' गितबाट आफ्नो छुट्टै पहिचान वनाएकि गायिका गुरुङको पछिल्लो सांगितिक बजारमा निकै चर्चा कमाएकि छिन ।

    गायक माधव ढकाल पनि सुमधुर स्वरका धनि गायक हुन् | 'जहा पाप त्यहि फलिफाप' ढकालको लोकप्रिय गित हो ।

    यस्तै बिगतका देखि नेपालि गितसंगित क्षेत्रमा लागि आफ्नो छुट्टै पहिचान बनाऊन सफल सर्जक तुलाराम विरही पनि लोकप्रिय नाम हो उहाले सृर्जना गरेका थुप्रै गितहरु बजारमा आएका छन् 'फुलको थुंगा, फेवाताल ढुंगा' सालैजो गितबाट आफ्नै छुट्टै लोकप्रियता कमाएका सर्जक हुन् ।

    यसै विच लोकप्रिय गायक गायिका अनि सर्जकको सहकार्यमा निकै मिठो मौलिकता झल्किने सालैजो गित 'चोखो माया' भखरै सार्वजनिक भएको छ । चर्चित गोरखाली गायक हरिराम परियार, माधव ढकाल र विनिता गुरुङको सुमधुर स्वरमा रहेको गितमा सर्जक तुलाराम विरहीको उत्कृष्ट शब्द सृर्जना एवम् स्वयम गायक परियारै संगित रचना रहेको छ, गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ ।

    होम गुरुडको उत्कृष्ट निर्देशनमा रहेको गितमा सविन गुरुङ र रिष्मा आले मगरको अभिनय एवम् डान्सिग फिचर रहेको छ । गोरखाको तल्लो दरबार क्षेत्र गोरखा संग्रहलायका विभिन्न ठाऊहरुमा सुट गरिएको गितको म्युजिक भिडियोमा निकै फरक फरक सिनहरुले भरिएको छ ।

    अनिल अधिकारी ले छांयाकन गरेको गितको म्युजिक भिडियो सुवास अंगाईको सम्पादन गर्नुभएको छ ।

    गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij