Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

हरिराम परियार र सुप्रिम मल्ल ठकुरीरो पहिलो दोहोरी गित 'अचार पिनेको' बजारमा (भिडियोसहित)

हरिराम परियार र सुप्रिम मल्ल ठकुरीरो पहिलो दोहोरी गित 'अचार पिनेको' बजारमा (भिडियोसहित)

  • आषाढ १३, २०७९ सोमवार
  • १०:५७:२४ बजे
  • 634
    SHARES
  • हरिराम परियार र सुप्रिम मल्ल ठकुरीरो पहिलो दोहोरी गित 'अचार पिनेको' बजारमा (भिडियोसहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । 

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय दोहोरी गायक हरिराम परियारको आवाजमा रहेको रोमी रोकाको नयाँ दोहोरी गित 'अचार पिनेको' भखर्रै सार्वजनिक भएको छ । 

     प्रसिद्ध दोहोरी गायक सुप्रिम मल्ल ठकुरी, गायक हरिराम परियार, लोकप्रिय गायिका सुस्मा ठकुरी, बाल गायिका रोमी रोका, प्रमिशा रसाईली र विनोद रोकाको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक विनोद रोकाको उत्कृष्ट शब्द सृर्जना एवम् लोकप्रिय दोहोरी सर्जक चन्द्र परियारको लय रचना रहेको छ । बेला मौकामा मान्छे चिनजान भए कुनै वेला काम लाग्ने यथार्थ कहानीलाई गितिबद्ध रुपमा झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

    मिलन श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् अमोन रानाको कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा शुक्र लामा, निहारिका थापा, सुशिल मगर र रेश्मा घिमिरेको डान्सिङ्ग फिचर संगै अभिनय रहको छ । 

    मिलन फिल्मसको पोष्ट प्रोडक्सनमा तयार भएको गित उक्त गितको म्युजिक भिडियो Gorkha Chautari को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ । 

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    यो पनि :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij