Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

हरिराम परियारको अध्यक्षतामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखाको नयाँ कार्यसमिति चयन

हरिराम परियारको अध्यक्षतामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखाको नयाँ कार्यसमिति चयन

  • आश्विन १, २०७९ शनिवार
  • १०:२९:०२ बजे
  • 321
    SHARES
  • हरिराम परियारको अध्यक्षतामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखाको नयाँ कार्यसमिति चयन

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गोरखा शाखाको अध्यक्ष पदमा हरिराम परियार निर्विरोध चयन भएका छन् ।

    शुक्रबार गोरखा सदरमुकाममा भएको १३ औं साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्ष पदमा परियार निर्बिरोध निर्बाचित भएका हुन् । यसभन्दा अगाडि सचिबको जिम्मेवारी सफलता पुर्बक निर्बाह गरेका लोक दोहोरी गायक हरिराम परियार अध्यक्ष बन्न सफल भएका हुन् । सामाजिक क्षेत्रमा निकै अग्रपक्तिमा मानिएका परियार विभिन्न संघ संस्थाहरुमा नेतृत्व लिदै आएका छन् ।

    त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पन्त, द्धितिया उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिना थापा मगर, सचिबमा केशब वगाले, सह सचिब सुनिमा गुरुड, कोषाध्यक्ष अम्बर बहादुर थापा चुनिएका छन् ।

    त्यस्तै सह कोषध्यक्ष रुपा गुरुङ, सदस्यहरु देब नारायण मगर, तिल कुमारी पोखरेल, सचिन भट्टराई, रायन बसेल, अमिस उपरकोटी, सम्झना लामिछाने, दिनेश थापा, बर्षा थापा, टिका गुरुङ, रेश्मा तामाङ, सृजन गुरुङ, पार्वति परियार, चिज कुमार गुरुङ, बिनोद रोका, राज गुरुङ र कविराज ढकाल निर्वाचित भएका छन् ।

    निर्बतमान जिल्ला अध्यक्ष मिना गुरुडको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिषेष अतिथी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिब जिबन दाहाल ,अग्रज कलाकार रामचन्द्र अर्याल,प्रदेश अध्यक्ष सुरेन्द्र गुरुड ,सागर गुररुड ,शिब केसि ,सुमन बैरागी ,रबिन लामिछाने ,उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र भगबान बाबु मास्के लगायतले विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    स्वागत मन्तव्य निबर्तमान उपाध्यक्ष नारायण दानीले राखेका थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखा शाखाले अग्रजकलाकार शिब केसिलाई सम्मान गरेको हो । त्यस्तै वर्षको उत्कृष्ट सदस्यको रुपमा हरिराम परियार ,बिकास नेपाली र रुपा गुरुडलाई सम्मान गरेको छ | कार्यक्रममा सचिब र कोषाध्यक्षले प्रतिबेदन पेश गरेका थिए । आगमी ३ बर्षाका लागि २४ सदस्यीय समिति निर्बाचित भएको नव निर्वाचित सचिब केशव वगालेले जानकारी दिएका छन् ।

    तस्बिरमा हेरौंः

  • सम्बन्धित विषय:

  • # हरिराम परियार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij