Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

प्रचण्ड–नेपाल र देउवाबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता हुँदै

प्रचण्ड–नेपाल र देउवाबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता हुँदै

  • फाल्गुण १२, २०७७ बुधवार
  • १३:२५:३३ बजे
  • 764
    SHARES
  • प्रचण्ड–नेपाल र देउवाबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता हुँदै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुन लागेको हो । देशको पछिल्लो राजनीतिक परिस्थितिबारे प्रचण्ड–नेपाल र देउवाबीच फोनवार्ता भइसकेका छन् ।

    शीर्ष नेताहरुबीच भेटेर कुराकानी गर्नेबारेमा छलफल भएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जानकारी दिए । प्रतिगमनका पक्षधरसित नभई परिवर्तन र लोतकन्त्रवादी पक्षहरुबीच एक भएर अघि बढ्नका लागि नेताहरुबीच भेटवार्ता हुन लागेको नेता खतिवडाको भनाइ छ ।

    काठमाडौंमा आयोजित विजय जुलुसपछि नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमै भेटवार्ता हुने सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij