Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

सातौ व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता: ओपन ‘बी’ लेभलको उपाधि धादिङ्गका राम मल्ल ठकुरी र कृष्ण सलामीलाई

सातौ व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता: ओपन ‘बी’ लेभलको उपाधि धादिङ्गका राम मल्ल ठकुरी र कृष्ण सलामीलाई

  • माघ ९, २०८२ शुक्रवार
  • ०४:१३:१९ बजे
  • 258
    SHARES
  • सातौ  व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता: ओपन ‘बी’ लेभलको उपाधि धादिङ्गका राम मल्ल ठकुरी र कृष्ण सलामीलाई

    दमौली — व्यास नगर ब्याट्मिन्टन क्लब दमौलिले आयोजना गरेको सातौ व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८२ ओपन ‘बी’ लेभल तर्फको उपाधि धादिङका राम मल्ल ठकुरी र कृष्ण सलामी ले जितेका छन्।

    व्यास नगरपालिका दमौलीमा भएको फाइनल खेलमा धादिङ्गका राम मल्ल ठकुरी र कृष्ण सलामीको जोडिले उत्कृष्ट प्रदर्शन गर्दै दमौलीका विपिन घले र विश्वास बीके लाई पराजित गरि उपाधी जित्न सफल भएका हुन।

    उपाधी सङ्गै उनिहरुले नगद रु चालीस हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे। त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने दमौलीका विपिन घले र विश्वास घलेको जोडिले नगद रु पचिस हजार, मेडल ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

    तेस्रो स्थान हरि केसी र जोन जसराज ले हासिल गरेका छन् भने सागर थापा मगर र बुद्धि थापा ले सान्त्वना स्थान प्राप्त गरेका छन्। उनिहरुले दस / दस हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

    प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। खेलकुदमार्फत युवा पुस्तामा अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताए।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij