Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दै

विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दै

  • जेठ ३२, २०८० बिहिवार
  • १२:४१:२९ बजे
  • 308
    SHARES
  • विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दै

    विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दै 

    काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । 

    खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा पनि नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । 

    विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । 

    सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij