Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

कोशी प्राइड लिग (केपिएल) पुर्वेली सुपर किङ्ग्सले जित्ने लक्की श्रेष्ठको दावी

कोशी प्राइड लिग (केपिएल) पुर्वेली सुपर किङ्ग्सले जित्ने लक्की श्रेष्ठको दावी

  • माघ ७, २०८२ बुधवार
  • २१:२०:३६ बजे
  • 290
    SHARES
  • कोशी प्राइड लिग (केपिएल) पुर्वेली सुपर किङ्ग्सले जित्ने लक्की श्रेष्ठको दावी

    युवा व्यवसायी लक्षमण श्रेष्ठ "लक्की" र संतोष तिमल्सिनाको वोनरसिप रहेको पुर्वेली सुपर किङ्ग्सले तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) को अक्सनमा खेलाडी अनुबन्धनको लागि सर्वाधिक रकम चार लाख अठार हजार खर्च गरेको छ ।

    विभिन्न सात फ्रेन्चाइज टिमले फागुन ९ देखि २१ गतेसम्म सुनसरीको भोक्राहनरसिंहस्थित डा खालिल अजाद खेल मैदानमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गर्दा पूर्वेलीले सर्वाधिक रकम खर्च गरेको हो ।

    अक्सनमा हरेक टिमले ड्राफबाट एक मार्की र एक आइकोनिक गरी ३ देखि ६ जना खेलाडी अनुबन्ध गरेका छन् । अक्सनमा २ सय ३२ खेलाडी समावेश भएकोमा ८४ जना बिक्री भएका छन् ।

    क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका थिए । अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो । ड्राफबाट खेलाडी भित्र्याउँदा टिमले आवश्यकता अनुसार रकम खर्च गर्न पाउने सुविधा दिएको छ ।

    पुर्वेली सुपर किंग्सले ड्राफबाट ललित राजवंशीलाई निरन्तरता दिँदा मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गरेको छ । अक्सनबाट नरेन साउँद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पासवन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा भित्र्याएको छ ।

    तेस्रो कोशी प्राइड लिग (केपिएल) जित्ने उदेश्यका साथ आफुहरुले खेलाडी अनुबन्ध गर्न कुनै कसुर बाकी नराखेको क्लबका संचालक लक्की श्रेस्ठले ग्लोबल सन्चारलाइ जानकारी दिनुभयो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij