Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

आइपिएल अक्सनमा बिकेनन् सन्दीप लामिछाने

आइपिएल अक्सनमा बिकेनन् सन्दीप लामिछाने

  • फाल्गुण ७, २०७७ शुक्रवार
  • ०१:४१:५४ बजे
  • 554
    SHARES
  • आइपिएल अक्सनमा बिकेनन् सन्दीप लामिछाने

    नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन्।सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्। यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो।

    अक्सनको अन्तिम समयमा कुनै टिमले राख्ने सन्दीप न्यूनतम पारिश्रमिकमा आबद्ध हुने सक्ने सम्भावना भने छ। सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए।

    उनी २०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेन। सुरुवाती दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेका थिएनन्। सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।

    गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्। सेतोपाटीबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij