Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

मेस्सीले तोडे महान खेलाडी पेलेको कीर्तिमान

मेस्सीले तोडे महान खेलाडी पेलेको कीर्तिमान

  • पौष ९, २०७७ बिहिवार
  • ००:५६:५२ बजे
  • 664
    SHARES
  • मेस्सीले तोडे महान खेलाडी पेलेको कीर्तिमान

    बार्सिलोनाका लियोनल मेस्सीले विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् ।

    मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गर्ने क्रममा ६५ औँ मिनेटमा गोल गरेर कीर्तिमान बनाएका हुन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

    सन् २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका ३३ वर्षे मेस्सीले यो अवधिमा ६४४ गोलको सहयोगमा बार्सिलोनालाई १० पटक ‘ला लिगा’ तथा चार पटक ‘च्याम्पियन्स लिग’को उपाधि जिते ।

    पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए । गएराति भएको खेलमा रियल भालाडोलिडलाई पराजित गर्ने क्रममा मेस्सीसहित २१ औँ मिनेटमा क्लेमेन्ट लेंग्लेट तथा ३५ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरे ।

    जितपछि पाँचौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २४ अंक भएको छ । रेलिगेशन जोनमा रहेको रियल भालाडोलिडको १५ खेलबाट १४ अंक सुरक्षित छ ।

  • सम्बन्धित विषय:

  • # लिओनल मेस्सि

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij