Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

  • फाल्गुण १९, २०७९ शुक्रवार
  • १५:००:४६ बजे
  • 251
    SHARES
  • भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

    भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

    काठमाण्डाै – बाेर्डर गाभस्कर ट्रफीकाे तेस्राे टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएकाे छ । इन्दाेरमा भएकाे खेलमा अस्ट्रेलियाले घरेलु टाेली भारतलाई ९ विकेटले हराएकाे हाे । 

    खेलकाे तेस्राे दिन अस्ट्रेलियाले जितका लागि ७६ रनकाे सामान्य लक्ष्य पाएकाे थियाे । अस्ट्रेलियाले खेलकाे १९ औँ ओभरमै लक्ष्य भेट्यायाे । 

    पहिलाे इनिङ्समा १ सय ९ रनमा अलआउट भएकाे भारतले दाेस्राे इनिङ्समा १ सय ६३ रन बनाएकाे थियाे । यस्तै अस्ट्रेलियाले पहिलाे इनिङ्समा १ सय ९७ रन बनाएकाे थियाे । याे जितसँगै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुगेका छ । वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनल आउँदाे जुनमा बेलायतकाे ओभलमा हुनेछ ।

    बाेर्डर–गाभस्कर ट्रफीमा भारत २–१ ले अघि छ । पहिलाे र दाेस्राे टेस्टमा भारतले अस्ट्रेलियालाई हराएकाे थियाे ।

    अब फाइनलमा अर्काे टिमकाे टुङ्गाे भारत–अस्ट्रेलियाबीच हुने चाैथाे टेस्टले लगाउनेछ । भारतले त्याे टेस्ट जितेमा ऊ फाइनल पुग्नेछ । यदि भारतले त्याे टेस्ट हारेमा फाइनलमा पुग्ने दाेस्राे टिमकाे टुङ्गाे न्युजिल्यान्ड र श्रीलङ्काबीचकाे टेस्ट शृङ्खलापछि हुनेछ । 

    श्रीलङ्काले यस महिना न्युजिल्यान्डमा २ वटा टेस्टकाे शृङ्खला खेल्दैछ । श्रीलङ्काले भारतलाई फाइनलमा पुग्न नदिन वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ ।

    तस्बिर : इन्डियन क्रिकेट टिम

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij