Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

भोली फागुन १ गतेको जनयुद्ध दिवस मनाउन प्रचण्ड–नेपाल समूहको सर्कुलर

भोली फागुन १ गतेको जनयुद्ध दिवस मनाउन प्रचण्ड–नेपाल समूहको सर्कुलर

  • माघ ३०, २०७७ शुक्रवार
  • २१:३२:०९ बजे
  • 544
    SHARES
  • भोली फागुन १ गतेको जनयुद्ध दिवस मनाउन प्रचण्ड–नेपाल समूहको सर्कुलर

    काठमाण्डौ, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउन लागिएको हो ।

    सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको छ ।

    काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाएको छ ।

    कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको ढकालले बताए । इच्छाकामना न्युजबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij