Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

  • फाल्गुण १३, २०७९ शनिवार
  • २१:५५:१७ बजे
  • 251
    SHARES
  • केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

    केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा 

    काठमाण्डाै – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको समीकरण पूरा भएको छ । आज भएको खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक टोली ओली एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

    ओली एफसीले जावलाखेललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएको थियो । अब ओली एफसीले फाइनलमा पुग्न मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । 

    राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij