Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायक खेम सेन्चुरी र जमुना सनमको 'हिजो राति के के भो के के' सार्वजनिक (भिडियो)

लोकप्रिय गायक खेम सेन्चुरी र जमुना सनमको 'हिजो राति के के भो के के' सार्वजनिक (भिडियो)

  • माघ २६, २०७७ सोमवार
  • १६:१३:०२ बजे
  • 1.5K
    SHARES
  • लोकप्रिय गायक खेम सेन्चुरी र जमुना सनमको 'हिजो राति के के भो के के' सार्वजनिक (भिडियो)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका जमुना सनमको 'हिजो राति के के भो के के' सार्वजनिक  सार्वजनिक भएको छ  ।

     गितमा चर्चित एवम् लोकप्रिय गायक एवम् सर्जक खेम सेन्चुरी र गायिका जमुना सनकको निकै सुमधुर आवाजले सजिएको छ । सर्जक राजु सनमको उत्कृष्ट लय शब्द सृर्जना एवम् संगित संयोजन गरेका छन्  ।  रोधि वसेर गरिने माया पिरिमका कुराहरु निकै उत्कृष्ट शैलिमा गितमा दर्शाईएको छ  ।

    गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , कुमार केसीले निर्देशन एवम् प्रशान्त मगरको सहायक निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकारहरु तेजस रेग्मि, पुजन घिमिरे, अर्जुन गौतम, विना विश्वकर्मा, सिर्जना किराति लगायत थुप्रै कलाकाहरुको अभिनय एवम् फिचर रहेको छ ।

    समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको  छ  , दोहोरी वसेको शैलिमा थुप्रै चर्चित कलाकारहरुको साथमा गितको म्युजिक भिडियो अत्यन्तै उत्कृष्ट वनेको छ । गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    उक्त गितको म्युजिक भिडियो Sanam Creation  को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij