Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३
दोहोरी क्षेत्रबाट चर्चा र बिबाद दुवै खेपेकी गायिका मधु छेत्री बैदेशिक रोजगारीको लागि दुबई उडेकी छिन। आफ्नो सपना अधुरो रहेको भन्दै विदेशिएकी हुन्,यो देशमा केहि गर्न सकिन भन्दै मधु विदेशिएकी हुन्।सोचे झैँ जिन्दगि गीत नेपाली लोकदोहोरी क्षेत्रमा सर्बाधिक रुचाइएको गीत हो। सो गीतकी गायिका रहेकी मधुलाई यो समय बिबादले निकै समस्या बनायो।
खेम सेन्चुरी र उनि बिचको बिबाद लामो समय सम्म रहयो जसको असर स्वयम् मधुलाई नै पर्यो।उनले आफ्नो हिस्सा लिएर यो बेला बैदेशिक रोजगारीको लागि दुबई लागेकी हुन।
जीवनको सुरु देखिने संघर्षले जिउन बाध्य भएकी मधु सधै जीवन दुखले झेलिएको थियो। केहि गर्छु भनेर गीत संगीतमा लागेकी मधुले धेरै बाधा भोग्नु पर्यो। मधु एक सबैकी प्रिय गायिका बन्दै गर्दा उनि बिचमा आएको बिबादले केहि असर भने अबस्य परेको हो।
सोहि बिबादलाई सम्झेर खेम सेन्चुरीलाइ भाबुक संदेश समेत पठाएकी छिन। विदेश उड्ने बेलामा उनले खेम सेन्चुरीलाइ एक महत्वपुर्ण संदेश भिडियो मार्फत पठाएकी हुन्। अन्तरबार्ताकै क्रममा छोरीलाइ सम्झिदै मधुले भनिन ‘ म रुन मात्र सकेको छैन, छोरीको मायाले बिदेशीन मन पनि छैन तर बाध्यता ले झेलिएको छ रुदै रुदै यो सहर छाड्न बाध्य भए’हेरो मधु संग गरिएको यो बिशेष कुराकानी :
तल भिडियोमा हेनुस।
Copyright © 2026 All right reserved to Global Media and Research Center Site By: sobij