नेपाली कला संस्कृतीकाे उत्थान, श्रष्टाहरूकाे सम्मान भन्ने मुल नारा सहित स्थापना भएकाे रारा राष्ट्रिय म्युजिक अवार्ड बितरण कार्यक्रम हालै मात्र सम्पन्न भएकाे छ ।
सम्माननिय राष्ट्रपति श्रि बिधादेबी भण्डारीज्युकाे प्रमुख अातिथ्यतामा राष्ट्रिय सभागृह भृकुटिमण्डप काठमाण्डाैमा हालै सम्पन्न रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट परान बाँकी छ गीतकाे लेखनबाट सर्बाेत्कृष्ट गीतकारकाे अवार्ड गायक बिष्णु खत्रिले प्राप्त गर्नु भएकाे छ । जुन गीतमा बालकलाकार सुप्रिम मल्ल र पुजा देबकाेटाले आवाज भर्नु भएकाे थियाे युटुबमा १ कराेड भिउजर पाउन सफल याे गितमा बालबालिकाकाे क्षमतालाई प्रष्फुटन गरिएकाे थियाे ।
गायक खत्रिकाे शब्द संगितमा रहेकाे परान बाकि छ गितले अवार्ड प्राप्त गर्दा गायक खत्रिले फेसबुक पेजमा पाेष्ट गर्दे याे अवसरका लागि आयाेजक प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु गायककाे रुपमा धेरै अवार्ड हात पारे पनि गीतकारकाे रुपमा याे मेराे पहिलाे अवार्ड हाे यस्ले मलाई गीत लेखनमा पनि अझै थप हाैंशला मिलेकाे छ।याे अवार्ड हजुरहरु सम्पूर्णमा समर्पित गर्न चाहन्छु भन्दै खुसि ब्याक्त गर्नु भएकाे छ ।