पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममागायक कुशल बेलबासे र गायिका सुनितामी परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङ फिचर्ड छन् । डा. शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको भिडियोमा विनोद भण्डारीको निर्देशन छ ।मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई गीतमा समेटिएको छ ।
२०६५ सालमा ‘घामजस्तो चम्किलो जुन हुँदैन’ पछिका डा. सुबेदीका गीत प्रायः लोकप्रिय बनेका छन् ।
शिव सुबेदी नामक युट्युब च्यानलबाट आएको गीतलाई गुल्मी जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नविन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नविन आफैमा पनि गायक हुन् । उनका ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीत बजारमा आइसकेका छन् ।
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :