Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

फेरि पर्दामा फर्किने तयारीमा ‘धुर्मुस–सुन्तली’

फेरि पर्दामा फर्किने तयारीमा ‘धुर्मुस–सुन्तली’

  • माघ २२, २०७७ बिहिवार
  • १४:५२:१९ बजे
  • 789
    SHARES
  • फेरि पर्दामा फर्किने तयारीमा ‘धुर्मुस–सुन्तली’

    काठमाडौ । धुर्मुस र सुन्तलीको नामले नामले चिनिएर लोकप्रियता कमाएका हाँस्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे फेरि पर्दामा फर्किने तयारीमा छन् । तर, यसपटक उनीहरु सानो पर्दामा दर्शकलाई मनोरञ्जन दिने तयारीमा छन् ।

    सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । यो वेव सिरिज हो । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ ।

    यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ ।

    ma-ta-marchu-ki-kya-ho.jpgचाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरुको तयारी छ । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् । म्युजिक खवरबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij