हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा तिज गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत धुर्मुस–सुन्तलीले पहिलो पटक गायनको यात्रा सुरु गरेका हुन् ।
हास्यात्मक शैलीमा निर्माण गरिएको गीतको शब्द गायक पशुपति शर्माले कोरेका छन l साथै गीतको लय सिर्जना पनि शर्माकै रहेको छ l
भिडियोमा धुर्मुस -सुन्तलिले नै अभिनय गरेका छन् l शुबिहानी फिल्मसको प्रस्तुति रहेको भिडियोमा प्रकाश भट्टको निर्देशन ,राजेश घिमिरेको छायाङ्कन, विष्णु शर्माको सम्पादन रहेको छ l युट्युब च्यानल धुर्मुस–सुन्तलीमा उक्त भिडियोलाई हेर्न सकिने छ ।
भिडियो हेर्नुहोस्
यो पनी :- काठमाडौ । चर्चित गायिका लक्ष्मी मल्लको तीज विशेष गीत ‘मेरो हजुर खाडीमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियो श्रीकृष्ण बम मल्ल लक्ष्मी मल्लको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतमा लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लकै शब्द तथा संगीत रहेको छ । चर्चित निर्देशक एवं मोडल शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा महेन्द्र गौतम, करिश्मा ढकाल, सलिना खत्री, सकुना खत्री, एरोना मल्लको अभिनय रहेको छ ।
आफ्नो श्रीमान् खाडीमा भएको र आर्थिक अवस्थाले गर्दा नयाँ सारी फेर्न नपाएको कारणले गर्दा पोहोर कै पुरानो सारीमा चित्त बुझाउनु परेको अवस्थालाई गीतले समेट्ने प्रयास गरिएको पाईन्छ । हरेक नेपालीहरुको यथार्थ कथालाई समेट्दै जे छ त्यहीमा रमाउनु पर्छ र रमाउन सिकौ भन्ने सन्देशका साथ यो गीत निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ ।