Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

विश्वकप जिते ट्रफी उचाल्ने बित्तिकै सन्यास लिन्छु : क्रिस्टियानो रोनाल्डो

विश्वकप जिते ट्रफी उचाल्ने बित्तिकै सन्यास लिन्छु : क्रिस्टियानो रोनाल्डो

  • मंसिर ४, २०७९ आइतवार
  • २३:३८:०१ बजे
  • 1.5K
    SHARES
  • विश्वकप जिते ट्रफी उचाल्ने बित्तिकै सन्यास लिन्छु : क्रिस्टियानो रोनाल्डो

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलले विश्वकप जितेमा आफुले तुरुन्तै सन्यास लिने बताएका छन् । चर्चित पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफु थप २-३ बर्ष खेल्न चाहेपनि पोर्चुगलले विश्वकप जितेमा आफुले तुरुन्तै सन्यास लिने बताएका हुन् ।

    रोनाल्डोले विश्वकपमा फ्रान्स, अर्जेन्टिना, जर्मनी, ब्राजिल बलियो टिम रहेको पनि बताएका छन् । उनले आफु ४० बर्षको हुदासम्म खेल्न चाहेको बताउदै विश्वकप भने सम्भवत आफ्नो यो नै अन्तिम हुनसक्ने बताएका छन् । रोनाल्डोले अब अर्को विश्वकप खेल्न धेरै कठिन हुने बताउदै आफु थप २-३ बर्ष खेल्न चाहेको बताए ।

    रोनाल्डोले अन्तर्वार्तामा बोलेको विषय अहिले चर्चाको विषय बनेको छ । उनले म्यानचेस्टर युनाइटेडको व्यवस्थापन र प्रशिक्षक एरिक टेन ह्यागको पनि आलोचना गरेका छन् । उनले विश्वकप पछि म्यानचेस्टर युनाइटेडबाट खेल्ने नखेल्ने निश्चित नरहेको बताएका छन् । उनले आफु क्लबलाई सफलताका लागि सहयोग गर्ने चाहेको भएपनि सोचे जस्तो हुननसकेको बताएका छन् । रोनाल्डोले युनाइटेडमा आफुलाई राम्रो व्यवहार नभएको बताएका छन् ।

    साथै युनाइटेडमा निरन्तरता नभएमा आफु नयाँ चुनौतीको लागि पनि तयार रहेको भन्दै रोनाल्डोले आफुले अझै पनि गोल गर्न र टिमलाई जिताउन सक्ने क्षमता रहेको बताएका छन् । रोनाल्डोको अन्तर्वार्तापछि भने म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्झौता रद्ध गर्ने तयारी गरेको मिडिया रिपोर्ट बाहिर आएको छ ।

    यस्तो छ पोर्चुगलको टिम 

    गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा
    रक्षकः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा
    मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा
    स्ट्राइकर :  जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij