Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

भरिया दाइ,किसानी दाइदेखि बर्खामास सम्म आइपुग्दा विष्णु खत्रीले सँधै बोले किसानका आवाज

भरिया दाइ,किसानी दाइदेखि बर्खामास सम्म आइपुग्दा विष्णु खत्रीले सँधै बोले किसानका आवाज

  • आषाढ २२, २०७९ बुधवार
  • १७:००:०६ बजे
  • 232
    SHARES
  • भरिया दाइ,किसानी दाइदेखि बर्खामास सम्म आइपुग्दा विष्णु खत्रीले सँधै बोले किसानका आवाज

    काठमाण्डौ । धौलागिरीमा जन्मिएका लोकप्रिय गायक हुन विष्णु खत्री । अडियो चक्का टेपमा राखेर सुन्ने बेलादेखि डिजिटल बजारसम्म गीत सङ्गीतको यात्रा तय हुँदा खत्रीले दर्जनौं यस्ता समाजका वास्तविकतालाई गीतमा उतारेका छन जसले करोडौँ नेपालीको मनमा बास बसेका छन । 

    एक दशक भन्दा अघि सार्वजनिक भएको भरिया दाइ होस या किसानी दाइ खत्रीले समाजका वास्तविकतालाई गीतमा निकै कलात्मक रुपमा उठाउने गर्दछन् । किसानी दाइ बोलेको उनको चर्चित गीतमा एउटा कर्मयोगी किसानीको वास्तविक निकै उत्कृष्ट रुपमा उठाएको छ । त्यस्तै भरिया दाइ बोलको चर्चित गीतमा पनि खत्रीले एक कर्मयोगि कै कथा बोलेका छन । 

    आज असार पन्ध्र । असार १५ गतेलाई मध्यनजर गर्दै थोरै मात्र गीत सार्वजनिक हुन्छन । तर खत्रीले भने प्राय यो समयमा किसानका भावना बोकेका गीत सार्वजनिक गर्ने गरेका छन । यो वर्ष मात्र सार्वजनिक भएको बर्खामासमा उनले किसानको भावनामा माया प्रेम मिसाएर अझ रोचक बनाएका छन । केही दिन अघि मात्र सार्वजनिक भएको उनको पछिल्लो गीतलाई लाखौ दर्शकले हेरेका छन भने गीत बारे राम्रो प्रक्रिया समेत दिएका छन । 

    विगतदेखि अहिले सम्म कमाइको लागि भन्दा पनि आफ्नो परम्परालाई जीवित राख्नको लागि आफूले यस्ता विद्याका गीतहरू सार्वजनिक गरिरहेको खत्रीको भनाइ छ । 

    आउनुहोस् खत्रीले सार्वजनिक गरेका केही चर्चित गीत हेर्नुहोस् 

    यो पनिः

  • सम्बन्धित विषय:

  • # विष्णु खत्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij