Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

चितवन पुगेर प्रचण्डले भने – ‘रेनु एक नम्बरको मेयर, देश बाहिर पनि चर्चा’

चितवन पुगेर प्रचण्डले भने – ‘रेनु एक नम्बरको मेयर, देश बाहिर पनि चर्चा’

  • मंसिर ७, २०७८ मंगलवार
  • १२:३७:१५ बजे
  • 352
    SHARES
  • चितवन पुगेर प्रचण्डले भने – ‘रेनु एक नम्बरको मेयर, देश बाहिर पनि चर्चा’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर छोरी रेनु दाहालको खुलेर प्रशंशा गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनुको चर्चा देशभित्र र बाहिर समेत भएको उनको भनाई थियो ।

     

    ‘रेनुको प्रशंशा देशभित्र मात्र नभई बाहिर समेत भएको छ,’ प्रचण्डले भरतपुरमा आयोजित कार्यक्रममा आज भने,‘रेनुको चर्चा एक नम्बरको मेयरका रुपमा भएको छ ।’ उनले भरतपुरको विकासमा रेनुले महत्वपूर्ण काम गरेको भन्दै प्रशंशा गरे ।

     

    प्रचण्डले भरतपुर महानगरपालिका एक नम्बरको मेयर भएको बताए । उनले भने,‘सबै भरतपुरबाट सिक्नुपर्छ भन्न थालेका छन् । सबै सबै तिर भरतपुरको जस्तो विकास हुनुपर्छ भन्ने भएको छ ।’भरतपुरको विकासमा मेयर रेनुको भूमिका मुख्य रहेको भन्दै प्रचण्डले भने, ‘जताततै प्रशंशा भएको छ । विरोधीले समेत देशभित्र र बाहिर भन्न थालेका छन् ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij