Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

ओलीले नेता योगेश भट्टराईलाई बैगुनी केटो भनेपछि योगेशले फर्काए ओलीलाई यस्तो जवाफ !

ओलीले नेता योगेश भट्टराईलाई बैगुनी केटो भनेपछि योगेशले फर्काए ओलीलाई यस्तो जवाफ !

  • माघ ४, २०७७ आइतवार
  • १८:५६:५२ बजे
  • 385
    SHARES
  • ओलीले नेता योगेश भट्टराईलाई बैगुनी केटो भनेपछि योगेशले फर्काए ओलीलाई यस्तो जवाफ !

    प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराई केटोले आफुलाई बैगुन गरेको भन्दै टिप्पणी गरेपछि योगेश भट्टराईले मुख खोलेका छन् । ओलीले योगेशलाइ जिताउन गृहजिल्लामा पुगेर भोट मागिदिएको स्मरण गर्दै त्यसको बदला आफुलाई धोका दिएको टिप्पणी गरेपछि भट्टराईले सामाजिक संजाल फेसबुकबाट उत्तर फर्काएका छन् ।

    सामाजिक संजाल फेसबुकमा भट्टराईले स्टाटस लेख्दै भनेका छन्, केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।

    प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौमा शनिवार सम्बोधन गर्दै उनले भनेका थिए प्रदेश १ मै यस्तो वैगुनी निस्किए उनले भने, चुनावमा क्षेत्रमै पुगेर यो केटोलाई जिताएर पठाउनु मन्त्री बनाउँछु भने, जितेपछि मन्त्री पनि बनाइयो । तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर पछाडी हेरेको त उनी केटो । उनले भट्टराई प्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij