Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

गायीका मधु क्षेत्रीले भनिन् हो म प्रेममा छु, उहाको परिवारले मलाई धेरै माया गर्नु हुन्छ (भिडियो हेर्नुहोस्)

गायीका मधु क्षेत्रीले भनिन् हो म प्रेममा छु, उहाको परिवारले मलाई धेरै माया गर्नु हुन्छ (भिडियो हेर्नुहोस्)

  • कार्तिक ११, २०७८ बिहिवार
  • १८:१२:१५ बजे
  • 1.2K
    SHARES
  • गायीका मधु क्षेत्रीले भनिन् हो म प्रेममा छु, उहाको परिवारले मलाई धेरै माया गर्नु हुन्छ (भिडियो हेर्नुहोस्)

    काठमाडौ । सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी हुन् गायीका मधु क्षेत्री । कैलालीकी उनी सो गीतवाट निकै चर्चित भइन् । सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

    २०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । तर उनी सफल हुन सकेकी थिइनन् । तर यो गीतले उनलाई धेरै माझ चिनायो । उनी जति चर्चित भइन् उनको जिवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । उनी एक्लै छोरी हुर्काएकी छन् । १५ वर्षकी छोरी छन् । वैवाहिक जिवन असफल भएपछि उनको संघर्ष सुरु भएको हो । 

    तर अहिले उनै मधुले आफु प्रेममा रहेको कुरा स्वीकार गरेकी छन् । तर उनले जसलाई प्रेम गर्छिन उनीसंग प्रत्यक्ष भेट भने भएको छैन । प्रेमीको परिवार र आफ्नो परिवारबीच कुराकानी हुने गरेको उनले बताएकी छन् । मलाई उहाँको परिवार पनि आफ्नै बुवा आमा जस्तै लाग्छ उहाँहरुले मलाई निकै माया गर्नुहुन्छ, मधुले भनिन् तर विवाहका बारेमा भने अहिले कुनै योजना बनाएका छैनौं ।

  • सम्बन्धित विषय:

  • # मधु क्षेत्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij