Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

खेम सेन्चुरीले स्वीकारे जानुका तामाङ संगको प्रेम, दुवै लजाए, भन्छन् छिटै बिहे गर्दैछौ (भिडियोसहित)

खेम सेन्चुरीले स्वीकारे जानुका तामाङ संगको प्रेम, दुवै लजाए, भन्छन् छिटै बिहे गर्दैछौ (भिडियोसहित)

  • कार्तिक ८, २०७८ सोमवार
  • १८:१७:०७ बजे
  • 3.7K
    SHARES
  • खेम सेन्चुरीले स्वीकारे जानुका तामाङ संगको प्रेम, दुवै लजाए, भन्छन् छिटै बिहे गर्दैछौ (भिडियोसहित)

    खेम सेन्चुरी र जानुका तामाङ्गको आयो देउसी भैलो गीत ‘राजाको दरबार’ नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खेम सेन्चुरी र उनको जोडी जानुका तामाङ्गले आवाजमा फेरी देउसी भैलो गीत बजारमा आएको छ।मौलिक तिहारको गीतको खोजि हुने क्रममा खेमको फेरी अर्को उत्कृष्ट सृजना बाहिरिएको हो।सबैतिर खेमको यो बेला चर्चा छ। 

    ‘रम रम मरौटी’पछि गायक खेम सेञ्चुरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको हो। खेम र जानुका तामाङ्गको स्वरमा ‘राजाको दरबार’बोलको तिहार गीतको भिडियो आइतबार सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक खेमले नै संगीत दिएका छन् । 

    याम गुरुङको नृत्य निर्देशन, कुमार केसीको निर्देशनमा बनेको भिडियोमा रामचन्द्र अधिकारी, याम गुरुङ, रीना थापा मगर, बबिन सिंह ठकुरी लगायतलाई हेर्न सकिन्छ ।नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । ‘राजाको दरबार’को भिडियो गायिका जानुकाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

    देउसी भैलो भन्ने बितिकै लोक सस्कृति संग बिशेष जोड दिने एक विधा हो,जसको निरन्तरता साधा रहिरहेक पाइन्छ।नेपाली मौलिकताले भरिएको उक्त गीतमा तिहारको झल्को मेटीने गरि बिभिन्न खालको नाच प्रस्तुत गरिएको छ।खेमको यो बिल्कुलै फरक शैलीको गीत हो।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । 

    भिडियो :

    थप सामग्री भिडियोमा हेर्नुहोस् :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij