३१असोज,काठमाडौं । ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलमा पुगी नेपाल भारत सङ्ग पराजित भई उपविजेता बनेको छ भने उपविजेता बनेसङ्गै नेपालले २५ हजार अमेरिकी डलर हात पारेको छ ।
शनिबार माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा नेपालले भारतसँग ०–३ को हार बेहोर्न पुगेको थियो । त्यो हारसँगै नेपालको ऐतिहासिक फाइनल जित्ने सपना पनि तुहिएको थियो ।
आठौंपटक साफ च्याम्पियन बनेको भारतले उपाधिसहित नगद ५० हजार अमेरिकी डलर हात पारे सङ्गै किर्तिमानी कायम गरेको छ ।भारतले गत संस्करणमा माल्दिभस सङ्ग हार बेहोरी उपविजेता समेत बनेको हो भने माल्दिभ्सले उपाधि जितेको थियो।