Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

चर्चित नायिका पुजा शर्माले खेलिन खेम सेन्चुरीले गाएको दोहोरी गीत,यस्तो बन्यो भिडियो

चर्चित नायिका पुजा शर्माले खेलिन खेम सेन्चुरीले गाएको दोहोरी गीत,यस्तो बन्यो भिडियो

  • आश्विन १८, २०७८ सोमवार
  • ११:०१:५० बजे
  • 2.2K
    SHARES
  • चर्चित नायिका पुजा शर्माले खेलिन खेम सेन्चुरीले गाएको दोहोरी गीत,यस्तो बन्यो भिडियो

    प्रिन्सेस खरेलको प्रस्तुतिमा नायिका पूजा शर्मा र मोडल ओबि रायमाझीको दमदार नृत्यमा लोकदोहोरी गीत ‘रम रम मरौटी…’ रिलिज भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ। 

    दोहोरीलाई मन पराउने नायिका पुजा शर्माले यस आगाडी पनि दोहोरी गीतहरु खेलेकी छिन। त्यति मात्रै हैन उनले आफ्नो चलचित्रमा समेत दोहोरी गीत राखेकी थिइन।खेम सेन्चुरी एक सफल गायक मात्र हैन उनि राम्रो सिर्जना गर्ने सर्जक पनि हुन्। यो गीतमा खेमको निकै उत्कृष्ट सृजना देखिएको छ।जुन गीतमा खेम सेन्चुरीले लय सृजना गरेर सबैको मन जितेको देख्न सकिन्छ।

    चर्चित गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडिओले थोरै समयमा सर्बत्र चर्चा बटुल्न सफल भएको हो ।

    सर्जक नेत्र अर्यालको शब्दलाइ तप्पक टिपेर गायक तथा संगीतकार खेम सेन्चुरीले गीतको लय गरेका छन् । चर्चित निर्देशक रामजी लामिछानेको निर्देशनमा तयार पारिएको भिडिओलाई सौरभ लामाले छायांकन गरेका हुन् । 

    ओबी रायामाजी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।

    भिडियो हेरौ :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij