Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

  • आश्विन १५, २०७८ शुक्रवार
  • २१:५७:३९ बजे
  • 895
    SHARES
  • कांग्रेसमा यी २० वर्षीया शोभाको कीर्तिमान, प्रदेशसम्मको यात्रामा विजयी !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको चटारोबीच युवा र महिलाले एकपछि अर्काे कीर्तिमान बनाइरहेका छन् ।

    दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षिया स्वस्तिका महत चयन भएपछि देशभर उनको चर्चा भयो ।

    यसैबीच, गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी २० वर्षीया शोभा बस्ताकोटी असोज १२ गते भएको गोरखा क्षेत्र नम्बर १(२) को क्षेत्रीय अधिवेशनबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । 

    प्रदेश अधिवेशनसम्मको यात्रा तय गर्ने पहिलो कान्छी महिला बनेकी छन् शोभा । 

    नेत्री शोभा पार्टीले आयोजना गरेका हरेक कार्यक्रम र आन्दोलनमा सहभागी हुँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय रहेकी छन् । 

    नेविसंघ भीमसेन थापा गाउँपालिकाको उपाध्यक्ष हुँदै गोरखा जिल्ला सदस्य भएकी शोभाले युवाले नै अब पार्टी र देशको नेतृत्व गर्नुपर्ने बताउँदै प्रदेश प्रतिनिधि भएको बताएकी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij