Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

दशैं गित

खेम सेन्चुरी, सम्झना भण्डारी र अनिश दवाडिको 'दशै तिहार' चर्चामा (भिडियोसहित)

खेम सेन्चुरी, सम्झना भण्डारी र अनिश दवाडिको 'दशै तिहार' चर्चामा (भिडियोसहित)

  • आश्विन १२, २०७८ मंगलवार
  • २३:१०:४७ बजे
  • 758
    SHARES
  • खेम सेन्चुरी, सम्झना भण्डारी र अनिश दवाडिको 'दशै तिहार' चर्चामा (भिडियोसहित)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दुहरुको महान चाड वियजा दशमी एवम् शुभ-दिपावली नजिकिदै गर्दा थुप्रै नयाँ चाडपर्व विशेष गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ । कोरोनाका कारण ग्रसित भनेको समस्त गितसंगितको क्षेत्र विस्तारै उकासिदै छ, नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम नया नया गितहरु सार्बजनिक गर्दै आयका छन् ।

    यसै बिच लोकप्रिय सर्जक अनिश दवाडीको अफिसियल युटुव च्यानल मार्फत दशै तिहार गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अघि रिलिज “दशै तिहार” बोलको गीतमा लोकप्रिय गायक खेम सेन्चुरी, अनिष दवाडी र गायिका सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ। गीतमा खेम सेन्चुरीकै संगीत रहेको छ भने, सुष्मा राइको शब्द रहेको छ।

    गीतको भाव अनुसार भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा मोडल धुर्व हिमाली , खेम सेन्चुरी र गायिका सम्झना भण्डारी फिचर्ड छन् । नेपालीको महान चाड दशैं तिहारमा समेत घर आउन नपाएका परदेशीहरुको कथालाई भिडियोमा देखाइएको छ। भिडियोका निर्देशक हिमाली हुन् । राजेश घिमिरेले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

    गीत अनिश दवाडीको युट्युब च्यानलबाट रिलिज गरिएको हो।हेर्नुहोस गितको पुरा म्युजिक भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij